Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई १६ वर्षजेल सजाय

2014-12-23

Bagmati, Makawanpur, Bakaiya

Nawa Raj Pathik सात र छ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गर्ने मन्थली नपा-१२ का ५२ वर्षीय विष्णु थापालाई जिल्ला अदालत रामेछापले १६ वर्षो जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश उमेश लुँईटेलको इजलासले ०७१ पुस ६ गते उनलाई १६ वर्षो जेल सजाय सुनाएको हो । साथै पीडकबाट पीडित बालिकाहरूलाई जनही ५० हजार रूपियाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । थापालाई मन्थली नपा-१ मन्थली बजारमा डेरा गरी बस्ने दुई जना बालिकालाई पटक पटक यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरी जिल्ला न्यायाधिवक्ताको कार्यालय रामेछापमार्फत अदालतमा मुद्दा दायर गरेको थियो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रामेछापमा ०७१ मङ्सिर १० गते उजुरी गरेका थिए । सोही उजुरीको आधारमा प्रहरीले आरोपित थपालाई गिरपmतार गरेको थियो । नवराज पथिक

0 Comments