Incident Reports

बालिका बेचबिखनको आरोपमा युवक पुर्पक्षका लागि जेल चलान

2014-12-23

Ajaya Kumar Shah काठमाडौँ घर भएकी १६ वर्षीया एक बालिकालाई महोत्तरीको सीमाना प्रयोग गर्दै बेच्न भारत लैजाने क्रममा गिरफ्तार भएका नैन्ही गाविस-२ का २२ वर्षीय प्रदीप झालाई जिल्ला अदालत महोत्तरीले पुस ७ गते पुर्पक्षको लागि जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएअनुसार बालिकालाई ललाई फकाई भारत बेच्न जाँदै गरेको अवस्थामा झालाई महोत्तरीको मुल सिमानाका भिठ्टामोडमा अवस्थित प्रहरी चौकीले मङ्सिर ११ गते बालिकासहित गिरफ्तार गरेको थियो । डीएसपी लोकेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार गिरफ्तारपछि बालिकालाई परिवारजनको जिम्मा लगाइएको थियो भने झामाथि मानव बेचबिखन मुद्दा चलाइएको थियो । मुद्दाको पुस ७ गते सुनवाई भएपछि आरोपित झालाई महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको डीएसपी श्रेष्ठले बताए । अजयकुमार साह

0 Comments