Incident Reports

बहुविवाह गरेको आरोपमा गिरफ्तार

2014-12-23

Bagmati, Makawanpur, Hetauda

Pratap Bista हेटौडा उमनपा-१६ उत्तरपानीका ३२ वर्षीय कृष्णबहादुर बोम्जन र ३० वर्षीया कान्छीमाया गोलेलाई प्रहरीले बहुविवाह गरेको आरोपमा पुस ८ गते गिरफ्तार गरेको छ । घरमा जेठी पत्नी र उनको दुई छोराछोरी हुँदाहुँदै दोस्रो विवाह गरेको आरोपमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । बोम्जनले गत ०७१ मङ्सिर १५ गते गोलेलाई कान्छी पत्नीको रुपमा घर भित्र्याएका थिए । बोम्जनको जेठी पत्नी तारामायाले पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको आधारमा प्रहरीले गिरफ्तार गरेको एसपी प्रकाशजंग कार्कीले बताए । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis