Incident Reports

Woman Divorce on Phone Promised Justice

2014-12-26

Mahottari, Phone bata talakh diyeki ek mahila le nyaye payin. Hasmun Khatun, 28, whose husband Mo. Mostakim of Parsa Dewad VDC-7, has been promised justice on December 24 after a discussion held at District Police Office, Mahottari. Mostakim had divorced Khatun over telephone from Saudi Arabia where he was working as a migrant worker in May 2012, six months after he went to Saudi Arabia. According to SP Saurav Rana, following the publication of the news on divorce of a Muslim woman over telephone in INSEConline and other media, the police summoned both sides for discussion. In the discussion, Mostakim agreed to register their marriage, sign for her citizenship certificate application and register the birth of their children. Khatun had planned with her husband to utilize the remittance in building a new house, buying land and sending children to the school. Following the talaq by the husband, Khatun was forced out of her home with her young children by his mother-in-law and his aunt. She was living with her parents since then. Ajay Kumar Sah पर्सादेवाड गाविस-७ बस्ने मो. मोस्तकिमले पत्नी २८ वर्षीया हस्मुन खातुनलाई साउदी अरबबाट फोन गरी तलाक दिएको घटनाका सम्बन्धमा पुस ९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको छलफल पश्चात पीडितले न्याय पाएकी छिन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी सौरभ राणाले दिएको जानकारी अनुसार इन्सेक अनलाइन लगायत अन्य सञ्चारमाध्यममा प्रकाशित फोनबाट तलाक शीर्षक समाचार सम्बन्धमा पुस ९ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीको पहलमा पर्सादेवाड-७ बस्ने मो. मोस्तकिमले निजको पत्नी हस्मुन खातुनलाई साउदी अरवबाट फोनबाटै तलाक दिएको सम्बन्धमा दुवैपक्षलाई झिकाई पीडितको विवाह दर्ता, नागरिकता, बच्चाको जन्म दर्ता बनाई दिने शर्तमा पति र पत्नीलाई एकसाथ जिम्मा लगाई पठाइएको छ । मो. मुस्तकिम २०६८ मङ्सिरमा साउदी अरब गएका थिए । कमाएर आएपछि नयाँ घर बनाउने, जग्गा किन्ने, छेाराछोरी पढाउने र गर गहना हाल्ने सपना दुबै (पति पत्नी) को योजना थियो । तर, विदेश गएको ६ महिना मै मो. मुस्तकिमले साउदीबाट फोन गरेर पत्नी हस्मुन खातुनलाई 'तलाक' दिएका थिए । तलाक दिए लगत्तै सासू र खलिया सासू (सानिमा सासू) ले उनलाई नाबालक छोराछोरीसहित २०६८ साउन महिना तीर घर निकाला गरेका थिए । पीडित हस्मुन खातुन माइतीमा बस्दै आएकी थिइन् । अजयकुमार साह

0 Comments

Related Reports
Related Trend Analysis