Incident Reports

बालिका बलात्कारको आरोपमा एक गिरफ्तार

2014-12-26

Shiva hari Dhungana ११ वर्षीया एक बालिकालाई बलात्कार गरेका आरोपमा प्राप्चा गाविस-९ घर भइ व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाका सहायक कम्प्युटर अपरेटर फणिन्द्रबहादुर कार्कीलाई प्रहरीले ०७१ पुस ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको अभिभावकको पुस ११ गते दिएको उजुरी र बालिकाको बयानका आधारमा कार्कीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले बताए । आरोपितलाई गिरफ्तारपछि घटना अनुसन्धान भइरहेको यादवले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रुम्जाटारमा पुस ११ गते गरिएको छ । उनको अवस्था सामान्य रहेको परिवारले जनाएको छ । उजुरीमा पीडितलाई आरोपितले ०७१ पुस ८ गते साँझ बलात्कार गरेको पीडितले दिएको उजुरी उल्लेख छ । स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरी निरीक्षक यादवको भनाइ छ । शिवप्रसाद ढुंगाना

0 Comments