Incident Reports

यातायात व्यवसायीद्वारा पत्रकारमाथि हातपात

2014-12-29

Karnali, Jumla, Chandannath, Ward 5

Man Datta Rawal नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्ला सचिव, राष्ट्रिय समाचार समितिका कर्णाली अञ्चल प्रतिनिधि तथा कर्णाली सरोकार दैनिकका प्रकाशक शुरबहादुर सिंहमाथि यातायात व्यवसायी संघका महासचिव चन्द्रलाल न्यौपाने र एमाले जिल्ला कमिटी सचिव आदिप्रसाद न्यौपानेले पुस १४ गते यातायात व्यवसायी संघको कार्यालयमा बोलाएर हातपात गरेका छन् । कर्णाली सरोकार दैनिक जुम्लाबाट प्रकाशित हुने पत्रिकामार्फत पुस ११ गते यातायातका कारणले दर्जन साहुको उठिबास भन्ने शिर्षमा समाचार लेखेको विषयलाई लिएर हातपात तथा दुर्व्यवहार गरिएको पत्रकार शुरबहादुर सिंहले बताए । पत्रकार सिंहका अनुसार उक्त समाचारमार्फत कर्णालीका यातायात व्यवसायीको पीडा व्यक्त गरेको र राज्यले यस्ता व्यवसायीलाई संरक्षण गरिनु पर्ने भन्ने कोणबाट लेखिएको बताए । उनले गलत समाचार प्रकाशन भए पनि कानुनी प्रक्रियाबाट कारवाही गरिनु पर्ने भन्दै राजनीतिक दलको आडबाट कानुन हातमा लिएर पत्रकारमाथि हातपात तथा दुर्व्यवहार गरिएको बताए । पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले समाचार लेखेकै आधारमा पटक पटक पत्रकारहरूमाथि हातपात तथा दुर्व्यवहार गरिनु भनेको कानुनी राज्यको बर्खिलाप भएको बताए । उनले महासंघ सचिवमाथि भएको आक्रमण सिंगो प्रेस जगतमाथिको आक्रमण भएकोले घटना आपत्तिजनक रहेको बताए । प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले पत्रकार महासंघ र यातायात व्यवसायी दुवै पक्षलाई छलफलमा राखेर समस्याको समाधान गरिने बताए । मानदत्त रावल

0 Comments