Incident Reports

मानव बेचविखनमा संलग्न तीन जनालाई १० देखि १२ वर्ष कैद फैसला

2014-12-30

Madhes, Saptari, Mahadeva, Ward 2

Manohar Kumar Pokharel हरिहरपुर गाविस-२ की १६ वर्षीया बालिका र प्रसवनी गाविस-३ की १७ वर्षीयाबालिकालाई बेचविखन गर्न खोजेको आरोपमा बथनाहा गाविस-२ का २७ वर्षीय मिथिलेश यादवलाई १२ वर्ष फत्तेपुर गाविस-३ का ३१ वर्षीय मुकेशजंग खड्का र प्रसवनी गाविस-३ स्थित श्यामा राप्राविको बाल विकास सहयोगी कार्यकर्ता हरिहरपुर गाविस-२ की ३९ वर्षीया द्रौपतीदेवी चौधरीलाई जिल्ला अदालतले १०/१० वर्षकैद सजायको फैसला गरेको छ । आरोपित द्रोपतीदेवी न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशमा ०७० माघ २६ गतेदेखि पर्ुपक्षका लागि कारागारमा थुनामा छन् भने अन्य दुई जना फरार रहेका छन् । आरोपित द्रौपतीदेवी चौधरीले तालिममा भाग लिन भन्दै झुक्याई ०७० असार २२ गते इटहरी नपा-१ स्थित रंगमंच गेस्ट हाउस पुर्‍याई पीडितहरुलाई यौनधन्दामा लगाउने प्रयत्न गरेकी थिइन् । आरोपित मुकेश र मिथिलेशले होटलमा पुर्‍याइएका पीडितहरुलाई ललाईफकाई शारीरिक सम्बन्ध राख्न सुरुमा पैसाको प्रलोभन दिएका र नमानेपछि डरत्रास देखाई हातपात गरेका थिए । होटलमा द्रौपतीदेवीले मुकेश र मिथलेशसँग पीडितहरुलाई बेचविखन गर्ने तयारी गरिरहेको सुनेर ०७० असार २२ गते राति १० बजे पीडितहरु होटलबाट भागेर इटहरी नपा-७ स्थित चानोदेबी चौधरीको घरमा शरण लिई ज्यान जोगाएका थिए । आरोपितहरुविरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा ०७० साउन ६ गते किटानी जाहेरी दिएपनि प्रहरीले ०७० साउन १७ गते मात्र मानव वेचविखन, ओसारपसार र जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको थियो । प्रहरीद्वारा ०७० साउन १८ गते गिरफ्तार भएका आरोपित खडका ०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए । थुनामा रहेका आरोपित खडकालाई पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशद्वय बलराम विष्ट र महेन्द्रराज गौतमको संयुक्त इजलाशले ०७० मङ्सिर २८ गते साधारण तारेखमा छाडेको थियो भने आरोपित मिथलेश न्यायाधीश राजेन्द्र अधिकारीको इजलाशमा ०७० माघ ७ गते साधारण तारेखमा रिहा भएका थिए । मनोहर कुमार पोखरेल

0 Comments