Incident Reports

मेची अञ्चलमा यातायात ठप्प

2015-01-11

 एकीकृत नेकपा (माओवादी) र सङ्घीय लिम्बुवान पार्टी नेपालसहित ३० दलीय मोर्चाको आह्वानमा आज गरिएको बन्दले मेची अञ्चलभरि यातायात ठप्प भएको छ । मोर्चाले अरुण–सप्तकोसी पूर्व र पश्चिम क्षेत्र बन्द गरेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका नेता खेसेहाम खजुमले जानकारी दिए । नौबुँदे मागसहित संवाद समितिमा पठाएको प्रस्ताव लागू हुनुपर्ने र सबैको सहमतिमा नयाँ संविधान जारी हुनुपर्ने मोर्चाको माग छ । बन्दको कारणले लामो तथा छोटो दूरीका यातायात पनि चल्न सकेका छैनन् । बन्द समर्थकले गए राति बिर्तामोडमा मसाल जुलुस पनि निकालेको थिए । सडकमा रिक्सा, ठेला, मोटरसाइकल र एम्बुलेन्स भने निर्बाध रूपमा चलेको पाइएको छ । बन्दको कारणले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उद्योगी तथा व्यापारीले बन्दको विरोध गरेर विकल्पको बाटो रोज्न राजनीतिक दललाई आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations , CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments