Incident Reports

बन्दकारीको जुलुसमा एक जनाको मृत्यु

2015-01-12

Madhes, Dhanusha, Janakpur

 तीस दलीय मोर्चाले गरेको जनकपुर बन्दका क्रममा बन्द समर्थक महोत्तरी जिल्लाको एकरहिया गाविस-१ का ३० वर्षीय राजाराम झाको पुस २८ गते मृत्यु भएको छ । उनी आन्दोलनकारीले बजार बन्द गराउन हिँडेको जुलुसमा सहभागी भएका थिए । आन्दोलनकारीले झाको मृत्यु प्रहरीको आक्रमणका कारण भएको बताएका छन् भने आन्दोलनका क्रममा एक्कासि लडेपछि अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनायो । पोष्टमार्टमका लागि लास जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । तीस दलीय मोर्चाका कार्यकर्ताले लासलाई जनकपुर नगर परिक्रमा गराउन अस्पतालबाट लैजान खोज्दा प्रहरीले बल प्रयोग गरेको छ । पोस्टमार्टम नगराई परिवारलाई लास नदिने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर भगिरथ रग्मीले बताएका छन् । घटना कसरी भयो त्यसको अनुसन्धानको लागि पोस्टमार्टम गराइ लास बुझाउने इन्सपेक्टर रेग्मीले बताए । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Secondary Form Violent demonstration
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments