Incident Reports

झडपमा एकको मृत्युभएपछि गाउँमा तनाव

2015-01-15

Madhes, Bara, Adarshkotwal

बारा, माघ १ - अमरपट्टी गाबिसको परिषदमा योजना छनौट विषयमा एमाले र काँग्रेस कार्याकर्ताबीच झडप हुँदा बुधबार एमाले कार्यकर्ता अवतारप्रसाद यादवको मृत्युपछि गाउँमा तनाव बढेको छ । एक पक्षले अर्को पक्षलाई देख्न बित्तिकै कुटपिट गर्ने, धम्क्याउने र दुर्व्यवहार गर्न थालेका छन् । घटनास्थलमा प्रहरी पचिालन गरिए पनि अवस्था समान्य छैन् । परिषद्मा सहभागी हुने/नहुने, योजना छनौट गर्नु विषयमा ३ दिनदेखि बढेको तनाव बुधवार झडपमा परिणत भएको थियो । त्यसक्रममा यादवको मृत्युपछि त्रास बढेको हो । गाउँ बाहिर बस्तुभाउ हेरविचार गर्न बसेका कतिपय त्रासले ३ दिनदेखि गाउँमा गएका छैनन । जसोतसो घरबाट खाना मगाई गोठमै खाने र बस्ने गरेका छन । सर्वसाधारण, महिला, बालबालिका जीउ जोगाउनेतिर देखिन्छ । १० घरपरिवार घर छाडेर गाउँबाहिर गोठ र आफन्तको घरमा बस्न थालेका छन् । 'गोठमा बस्न बाध्य छौं,' एक स्थानीयले भने, 'दलका कार्यकर्ताहरु एकापसमा जुधेर सर्वसाधारणको जनजीवन त्रासमा पारेका छन् ।' अमरपट्टी ७ का ३८ बर्षीय अवतारको टाउकोमा बाँसले हिर्काएपछि गम्भीर चोट लागेको थियो । उनको उपचार क्रममा बुधवार नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । घटनामा बृजकिशोर यादव, हरिनारायण यादव, रबिन्द्र यादव, रामबाबु यादवलगायत कम्तीमा १२ जना घाइते घाइते छन् । घटनापछि अनुसन्धानका लागि प्रहरीले राज यादव, जितेन्द्र यादव, मदन यादव,सन्तोष यादव, रामनारायण यादव र रामपुकार यादव गरी ६ जनालाई नियन्त्रणमा लिएको छ । 'विकासको विषयमा दुईपक्ष बाझिएपछि स्थिति उग्र भएर घटना भएको प्रहरी उपरीक्ष लोकेन्द्रबहादुर मल्लले बताए । थप घटना हुन नदिन र वातावरण सहज पार्न सुरक्षा सुदृढ बनाइएको मल्लले जनाउ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth na
Total Killed 1
Total Injured 12
National/Online Media , INSEC

0 Comments