Incident Reports

मानव बेचविखन रोक्ने नेपाल-भारतका अधिकारीको सामूहिक प्रतिबद्धता

2015-01-18

Province 1, Ilam, Suryodaya, Ward 2

Kokila Dhakal इलामको पूर्वी नेपाल-भारत खुला सीमानाका कारण मानव बेचविखन बढ्दै गएको भन्दै बेचविखन नियन्त्रणका लागि दुवै देशका सरकारी तथा गैरसरकारी निकायका प्रमुखले सामूहिक प्रतिवद्धता जनाएका छन् । नेपाल-भारत सीमाक्षेत्रमा पर्ने पशुपतिनगरको फाटकमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले माघ ३ गते आयोजना गरेको मावन बेचबिखन नियन्त्रणसम्वन्धी अन्तरक्रियाका सहभागी सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिले चेलीबेटी बेचविखन जघन्य अपराध भएकाले रोक्नुपर्नेमा जोड दिएका हुन् । एसएसबीका डेपुटी कमाण्डर आशिषकुमारले चेलीबेटी बेचविखन रोक्न स्थानीय तहमा काम गर्ने सङ्घसंस्था र सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताए । उनले भने 'दुवै देशको केन्द्रीय तहदेखि समन्वयकारी भूमिका भएमा खुला सीमाना भए पनि मानव बेचबिखन नियन्त्रण गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ ।' नेपाली तथा भारतीय चेली बेचबिखनका लागि दलालले प्रयोग गर्ने सिलिगुडी कोरिडोरमा एसएसबीले कडा निगरानी राख्ने उनले बताए । माइती नेपाल आवधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले दलालका लागि पशुपतिनगरको नाका सजिलो भएकाले माइती नेपालले जनचेतनासँगै नाकामा निगरानी बढाएको बताए । उनले भने 'पशुपतिनगर र भारतको दार्जिलिङ शहर दुवै पर्यटकीय क्षेत्र भएकाले दलालले घुम्न जाउँ भनेर चेलीबेटीलाई सीमा कटाएर भारतीय कोठीमा पुर्‍याउने गरेका छन् ।' आफन्तकामा जाने बहाना बनाउन लगाएर दलालले युवतीहरू नाका पार गराउने गरेको ढकालले बताए । सीमाक्षेत्रमा आवश्यक परामर्श गरी तीन सय ६८ जना युवतीलाई घर फर्काइएको माइती नेपाल पशुपतिनगरका संयोजक ढकालले जानकारी दिए । माइती नेपालका अनुसार सन् २०१४ मा पशुपतिनगर आवधिक गृहमा हराएको भनेर निवेदन दिने ३३ युवतीमध्ये १७ जना फेला पारी आफन्तलाई जिम्मा लगाइएको छ । भेटिएकामध्ये अधिकांश भारतका विभिन्न शहरबाट उद्धार गरिएको हो । कोकिला ढकाल

0 Comments