Incident Reports

बन्दको क्रममा भएको प्रेस लक्षित आक्रमणको पत्रकार महासङ्घद्वारा भर्त्सना

2015-01-20

Bagmati, Kathmandu, Kathmandu, Ward 1

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा-माओवादी र पद्मरत्न तुलाधर पक्षधरको आदिवादी जनजाति महासङ्घले माघ ६ गते आह्वान गरेको बन्दका क्रममा प्रेसलाई लक्षित गरी गरिएको आक्रमण प्रति नेपाल पत्रकार महासङ्घले निन्दा र भत्र्सना गरेको छ । महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टद्वारा माघ ६ गते जारी विज्ञप्तिमार्फत बन्दको क्रममा सवारी साधन तोडफोड गर्ने, पत्रकारलाई धम्की दिने तथा दुर्व्यवहार गर्ने कामप्रति महासङ्घले भत्र्सना गरेको हो । प्रेसलाई निर्वाध आवागमनमा अवरोध नगर्न सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदै महासङ्घले पत्रकार, सञ्चारमाध्यम र प्रेसका सवारी साधनको भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

विवेक ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments