Incident Reports

एमाले पार्टी कार्यालयमा आगजनी

2015-01-20

Madhes, Saptari, Rajbiraj, Ward 8

एमाओवादी, नेकपा-माओवादी, मधेसी मोर्चासहितले आह्वान गरेको नेपाल बन्दका क्रममा राजविराज नपा-५ मदननगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा ०७१ माघ ६ गते दिउँसो २ः३० बजे आगजनी भएको छ । आगजनीबाट पार्टी कार्यालयभित्र रहेको महत्वपूर्ण कागजपत्र, एकसय भन्दा बढी कुर्सी, चारओटा टेबुल, दुईओटा ल्यापटप, दुईओटा दराज र एक/एक थान प्रिन्टर, स्क्यानर जलेर क्षति भएको पार्टीका सचिव शम्भु यादवले जानकारी दिए । आगजनीकाविरुद्ध युवा सङ्घका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरसहित अधिकारकर्मीको टोलीले पार्टी कार्यालयमा भएको आगजनीको माघ ६ गते निरीक्षण गरेको छ । बन्दकर्ताहरूले राजविराज नपा-१ स्थित चोकमा बिहान कान्तिपुरको गाडीबाट कान्तिपुर दैनिक र काठमाडौंपोस्टको दुई पोका पत्रिका खोसेर वितरण गरेका थिए भने समाचार सङ्कलनमा रहेका नागरिक दैनिकका सम्वाददाता जितेन्द्र झा चढेको मोटरसाइकल केहीबेर नियन्त्रणमा लिएका थिए । पसल बन्द गराउँदै हिंडेका प्रदर्शनकारीहरुले दिउँसो जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतको कार्यकक्षको टेबुलको सिसा फुटाएका थिए । नेकपा (एमाले) र नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयले माघ ६ गते छुट्टा-छुट्टै प्रेस विज्ञप्ति निकाली एमाले पार्टी कार्यालयमा भएको आगजनीप्रति घोर भर्त्सना गरेको छ । अराजक गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षसँग आग्रह गर्दै विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलन गर्न र सामाजिक सदभाव कायम राख्न आग्रह गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments