Incident Reports

देशव्यापी आन्दोलन चलाउने एमाओवादी निर्णय

2015-02-02

Bagmati, Kathmandu, Kathmandu

सत्तारुढ दलले पेलेर जाने निर्णय लिएको भन्दै प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले देशव्यापी रुपमा आन्दोलन चलाउने निर्णय गरेको छ। आइतवार बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी आन्दोलन चलाउने निर्णय गर्दै त्यसको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार अध्यक्ष पुष्पकमल दाहाललाई मध्यामाञ्चलको कमाण्डर तोकिएको छ। यसैगरी नेता बाबुराम भट्टराईलाई पश्चिमाञ्चलको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पुर्वाञ्चलको कमाडर तोकिएको अध्यक्ष दाहालले पत्रकारसम्मेलनमार्फत जानकारी दिए। पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले महासचिव कृष्णबहादुर महरा, सचिवद्वय टोपबहादुर रायमाझी र वर्षमान पुनलाई केन्द्रीय कार्यालय समन्वय गरी संचालन गर्ने जिम्मेवारी तोकिएको बताए। पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले जबर्जस्ती प्रक्रियामा जाने कांग्रेस–एमालेको निर्णय विरुद्ध जस्तोसुकै प्रतिवाद गर्ने बताए। 'बहुमतीय प्रक्रियामा जाने निर्णय विरुद्ध जस्तो सुकै प्रतिवाद हुनसक्छ,' दाहालले भने,'त्यसका लागि शान्तिपुर्ण संघर्षको अधिकत प्रयोग गर्छौं।' शान्ति र लोकतन्त्र विरुद्ध गएर हतियार भने नउठाउने उनको भनाइ थियो। 'बहुमतीय प्रक्रिया नसच्याएसम्म हामी नफर्कन पनि सक्छौं,' उनले भने। दाहालले ०६२/६३ को जस्तो आन्दोलन गर्ने संकेत गरे। तर, वार्ता र छलफलकोलागि आफूहरु जहिले पनि तयार रहने उनले बताए। प्रश्नावली समिति गठनको लागि प्रस्ताव निर्माण समिति गठन गर्ने संविधानसभा अध्यक्षको घोषणापछि प्रमुख प्रतिपक्ष एकीकृत माओवादीसहितको १९ दलीय मोर्चाले चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ।

0 Comments