Incident Reports

फेरि निजी विद्यालय तारो : विदेशी नाम र शुल्कविरुद्ध आन्दोलन घोषणा

2015-02-17

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले निजी विद्यालयले सहमति अनुसार विदेशी नाम परिवर्तन र शुल्क समायोजन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । केन्द्रीय समितिको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै संगठनका अध्यक्ष शरद रसाइलीले शुल्कसम्बन्धी सहमति अनुसार सरकारले अनुगमन नगरेको आरोप लगाए । बिना छलफल हचुवाको भरमा निजी विद्यालयले शुल्क निर्धारण गरेको उनको दाबी छ । समायोजन गरिएको भनिएको शुल्क फिर्ता लिएर सरोकारवालासँग छलफल गरी नयाँ शुल्य निर्धारण गर्न अखिल क्रान्तिकारीले माग गरेको छ। सरकार गैरजिम्मेवार बनेकाले निजी क्षेत्र ‘व्यापारीकरण र दलालीकरण’मा लागेको रसाइलीको आरोप छ । ‘शुल्क फिर्तासम्बन्धी विगतमा भएको सहमति, विदेशी नाम परिवर्तन, शुल्कवृद्धि, शैक्षिक माफियाकरणसम्बन्धी जोडदार संघर्ष गरिनेछ’ पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञप्तिमा भनिएको छ । संगठनको २० औँ राष्ट्रिय सम्मेलन २०७२ वैसाख १३ देखि १६ गतेसम्म चितवनमा गर्ने निर्णयसमेत केन्द्रीय समितिले गरेको छ । यसका लागि ८४ सदस्यीय मूल आयोजक समिति बनाई कार्यविभाजन समेत गरिएको कार्यक्रममा जानकारी दिइयो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments