Incident Reports

प्रहरीलाई कारबाही गर्न पत्रकारको माग

2015-02-23

Madhes, Bara, Jitpur Simara

नेपाल प्रेस युनियनले बाराको सिमरावासीले गरेको आन्दोलनको समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई आक्रमणमा संलग्न प्रहरीमाथि कारबाही माग गरेको छ । युनियले सोमबार विज्ञप्ती निकालेर प्रहरी आक्रमण गरी सञ्चार सामग्री खोस्ने एवम् दुर्व्यबहार गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो । मालपोत र नापी कार्यालयको स्थापनाको निर्णय कार्यान्वयन गराउन भएको आन्दोलनका क्रममा सञ्चारकर्मी गणेश रिजालमाथि प्रहरीले ढुङ्गा प्रहार गरी घाइते बनाएको युनियनले जनाएको छ । त्यसैगरी अर्का सञ्चारकर्मी सुनिल गाउँलेको क्यामरा खोस्ने कार्यको नेपाल प्रेस युनियन भत्सर्ना गरेको छ । सञ्चारकर्मीलाई निर्बाध रुपमा समाचार सङ्कलन गर्नबाट निरुत्साहित गर्ने र अराजकता प्रदर्शन गर्ने कार्यमा संलग्न दोषी प्रहरीमाथि कडा कारबाही गर्न युनियनले सरकारसँग माग गरेको हो । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments