Incident Reports

बालविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

2015-02-23

Madhes, Siraha, Lahan

बालविवाह तथा बहुविवाहका आरोपित नहरा रिगौल गाविस-९ का २६ वर्षीय रामअवतार यादवलाई जिल्ला अदालतले फागुन १० गते एक वर्षकैद र १० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल हेम चन्द्र रेग्मीले बताए । बहुविवाहकी अर्की आरोपीत महेशवारी गाविस-५ की १५ वर्षीया नेहा चौधरी बालिका भएकाले सफाए पाएको रेग्मीले बताए । आरोपितकी जेठी पत्नी २४ वर्षीया प्रेमशीलादेवी यादवले महेशवारी गाविस -५ की १५ वर्षीया नेहा चौधरीसँग बहुविवाह गरी भदौ ४ गते घरमा लिएर आएको भनी इलाका प्रहरी कार्यालय, लहानमा भदौ ५ गते उजुरी गरेकी थिइन् । आरोपितहरूलाई भदौ ५ गते इलाका प्रहरी कार्यालय लहानले गिरफ्तार गरेको थियो । भदौ ६ गते सरकारी विकल कार्यालयले सोही दिन नेहा चौधरी बालिका रहेकोले अभिभावकको जिम्मा लगाउने आदेश अनुसार उनलाई अभिभावकको जिम्मा लगाइएको थियो भने आरोपित रामअवतारलाई भदौ २७ गते ३० हजार धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । दुर्गा परियार

0 Comments