Incident Reports

बालविवाहका आरोपित पाँच वर्षपछि गिरफ्तार

2015-02-22

Province 1, Ilam, Sandakpur

बालविवाह गरेको आरोपमा अदालतबाट कैद सजाय सुनाइए पनि फरार रहेका मावु-९ का २६ वर्षीय रेखा गुरुङलाई प्रहरीले पाँच वर्षपछि गिरफ्तार गरेको छ । गुरुङविरुद्ध बालविवाह आरोपमा ०६६ सालमा जिल्ला अदालतबाट एक वर्षकैद र ६ हजार रुपियाँ जरिवानाको फैसला भएको थियो । अदालतबाट फैसला भए पनि फरार रहेका गुरुङलाई फागुन ११ गते गिरफ्तार गरी अदालतमा बुझाइएको इन्सपेक्टर यामबहादुर पौडेलले जानकारी दिए । गुरुङलाई फागुन ११ गते नै जिल्ला कारागार चलान गरिएको पौडेलले बताए । गुरुङले ०६६ सालमै एक १५ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरीमा उजुरी परेको थियो । कोकिला ढकाल

0 Comments