Incident Reports

सिमरा आन्दोलन स्थगन, वार्ताका लागि राजधानी जाँदै

2015-02-24

Madhes, Bara, Jitpur Simara, Ward 2

” सिमरामा थप मालपोत र नापी कार्यालय स्थापना हुनुपर्ने भन्दै 'सिमरा मालपोत स्थापना सरोकार' समितिको नेतृत्वमा हुँदै आएको आन्दोलन मंगलबार १० औं दिन स्थगन गरिएको छ । आन्दोलनको मागबारे वार्ताको माध्यमबाट राज्यका विभिन्न निकायहरुबाट सम्बोधन गरिने प्रतिवद्धता आएकोले धनजनको क्षति हुन सक्ने सम्भावनालाई ख्याल गर्दै आम हड्तालसँगै चक्काजामको आन्दोलन हाललाई स्थगित गरिएको समितिले प्रेस विज्ञप्ती मार्फत जनाएको हो । समितिका अनुसार मंगलवार नै वार्ता टोलीसँगै प्रधानमन्त्री कार्यालयमा 'डेलिगेशन' जाने निर्णयसमेत गरेको छ । आन्दोलन स्थगन भएपछि पथलैया-वीरगञ्जको राजपथमा यातायात सञ्चालनमा आएको छ । बजार र विद्यालय खुल्न थालेको छ । 'एकातिर राज्यबाट माग सम्बोधन गरिने प्रतिबद्धता आइरहेको र अर्कोतिर स्थानीय प्रहरी प्रशासनबाट दमन भई हिंसात्मक भइरहेको अवस्थालाई ख्याल गर्दै आन्दोलनको स्वरुप फरेका छौं,' समितिका सदस्य कृष्ण पौडेलले भने, 'राजधानी जोड्ने मुख्य नाका प्रभावित र शान्ति सुरक्षामा असर परेको छ, त्यसैले अब आन्तरिक दबाब र वार्ताबाट माग पुरा गराउने संघर्ष गर्छौ ।'

0 Comments