Incident Reports

जुलुसमा लाठी प्रयोग गरी जनता आतङ्कित नपार्न गृह मन्त्रालयको आग्रह

2015-02-25

Bagmati, Kathmandu, Kathmandu

 एमाओवादीको ३० दलीय मोर्चाले फागुन १२ गते निकालेको जुलुसमा लाठी प्रयोग भएकोमा ध्यानाकर्षा भएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा फागुन १३ गते जारी गरिएको विज्ञप्तिमा जुलुसमा लाठी प्रयोग भएबाट जनजीवन आतङ्कित भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ 'जनप्रदर्शनका नाममा कानुन हातमा लिई जनजीवन आतङ्कित पार्ने कार्य गैरकानुनी भएको हुँदा यस्ता गतिविधि नगर्न र नगराउन सबैमा गृह मन्त्रालय अपिल गर्दछ ।' यस्तो गैरकानुनी क्रियाकलाप गरेको, क्रियाकलापमा संलग्न भएको पाइएमा कानून बमोजिम कारबाही हुने भन्दै मन्त्रालयले कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । एमाओवादीको युवा सङ्गठन वाईसीएलले फागुन १२ गते काठमाडौंमा गरेको मार्चपासका सहभागीले बाँसको भाटा बोकेका थिए भने केही सर्वसाधारणलाईसमेत कुटपिट गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments