Incident Reports

समाचार लेखेको भन्दै पत्रकारलाई मार्ने धम्की

2015-02-23

Lumbini, Dang, Tulsipur

 समाचारको विषयलाई लिएर नागरिक दैनिकका सम्वाददाता पत्रकार देवेन्द्र बस्नेतमाथि एक समूहले मार्ने धम्की दिएको छ । नागरिक दैनिकमा प्रकाशित 'कठ्ठामा बेचिन्छ चुरे' शीर्षकको समाचारलाई लिएर भालुवाङका घनश्याम रिजाल नाम बताउने एक व्यक्तिले फागुन ११ गते टेलिफोन गरी बस्नेतलाई ज्यान मार्ने धम्की दिएका हुन् । लालमटिया-८ स्थित ऐलानी बस्तीका बारेमा बस्नेतले यस अघि समाचार लेखेका थिए । उक्त समाचार प्रकाशन भएपछि स्थानीयले आफ्नो बस्तीलाई चुरे क्षेत्रमा किन पारेको भन्दै पटक-पटक तनाव दिइरहेको र स्थानीयकै असन्तुष्टि नागरिक दैनिकमै समाचार खण्डनका रूपमा समेत प्रकाशित भइसकेको बताइएको छ । यसैबीच नेपाल पत्रकार महासङ्घ दाङले फागुन १४ गते एक विज्ञप्ति प्रकाशन गरी घटनाको विरोध गरेको छ । प्रकाशित प्रसारित समाचारप्रति असहमति भए खण्डन गर्ने सकिने, खण्डन नभए कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै पत्रकारहरुमाथि दुर्व्यवहार गर्ने धम्की दिने अवस्थाको अन्त्य गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्दछु कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इन्सेक नेपालगंज
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments