Incident Reports

प्रहरीद्वारा बाल तथा अनमेल विवाहमा रोक

2015-02-26

Madhes, Siraha, Lahan

 लहान नगरपालिका -११ की एक १६ वर्षीया बालिकाको एक ४२ वर्षीय भारतीयसँग हुन लागेको बालविवाह इलाका प्रहरी कार्यालय लहानले फागुन १४ गते रोकेको छ । भारतको बरैली जिल्ला बिहारीपुरका ४२ वर्षीय पत्तुलाल रामले बालिकाको पितालाई फकाइ बालिकासँग फागुन १४ गते बालबिबाह गर्न लागेको स्थानीयबाट सूचना पाएपछि इलाका प्रहरी कार्यालय, लहानको टोलीले उक्त बाल तथा अनमेल विवाह रोकेको थियो । इलाका प्रहरी कार्यालय, लहानका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयालकाअनुसार स्थानीयबाट सूचना पाएपछि प्रहरी टोली परिचालन गरी उमेर पुगेपछि मात्र विवाह गर्ने र्सतमा बालविवाह रोकिएको बताए । दुर्गा परियार

0 Comments