Incident Reports

नाबालक छोराको घाँटी रेटेर हत्या

2015-02-27

Gandaki, Nawalparasi East, Madhyabindu

बिदेशमा रहेका आफना लोग्नेसंग टेलिफोनमा झगडा गरेकी निर्दयी आमाले आफनै ९ वर्षीया छोराको घाँटी थिचेर हत्या गरेकी छन् । प्रहरी निरीक्षक हरी बरुवालका अनुसार नवलपरासीको तम्सरीया स्थित बसन्तपुरकी जमुना जिसी (३१ बर्ष) ले छोरा प्रजितको घाँटीमा शललें थिचेर हत्या गरेकी हुन । छोराको हत्यापछि आफूले पंखामा झुण्डिएर आत्महत्या गर्न गरेको प्रयास सफल हुन सकेन् । शल चुडिएर बचेकी हुन । शुक्रवार दिउँसो उनले घरमै छोराको हत्या गरेकी हुन । छिमेकमा भएको बिहेमा जान साथीहरु घरमा आएर बोलाउदा नबोलेर उनि छटपटिएको अबस्थामा भेटिएको छिमेकिहरुको भनाई छ । उनको प्रहरी निगरानीमा उपचार भैरहेको छ । श्रीमान प्रकाश भारतिय सेनामा कार्यरत छन । उनकी छोरी छन । अनुसन्धानमा खटिएका बरुवालका अनुसार घटना अघि उनले श्रीमानसंगको टेलिफोनमा निकैबेर बोलेको (झगडा गरेको आसंका) भेटिएको छ । प्रहरीसंग उनले श्रीमानलाई पनि हत्या गर्ने धम्कि दिएकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports