Incident Reports

अपाङ्गता भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति

2015-03-09

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 2

 उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ मा अध्ययनरत दृिष्टबिहीन, श्रवणशक्ति नभएका तथा अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । परिषद्बाट सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालय एवं कलेजमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिन लागिएको हो । परिषद्का अनुसार विद्यार्थीले आवश्यक कागजपत्र चैत १० भित्र आफूले अध्ययन गरेको उच्च माध्यमिक विद्यालय एवं क्याम्पस मार्फत परिषद्का सम्बन्धित कार्यालयमा पेश गर्न भनिएको छ । परिषद्को कार्यालय विराटनगर, जनकपुर, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा आवेदन पेश गर्न सकिन्छ । आवेदन दिदा एसएलसीको मार्कसिट र चारित्रिक प्रमाणपत्र, अपाङ्गताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, विद्यार्थी नियमित अध्ययनरत रहेको र अन्य स्वदेश तथा विदेश कुनै पनि निकायबाट छात्रवृत्ति प्राप्त गरेको छैन भन्ने सम्बन्धित विद्यालय÷क्याम्पसको सिफारिस पेश गर्नुपर्ने हुन्छ ।

0 Comments