Incident Reports

अमृत साइन्स क्याम्पसमा झडप, क्याम्पस प्रमुखको कुर्सीमा आगजनी

2015-03-11

Bagmati, Kathmandu, Kathmandu

अमृत साइन्स क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ। झडपमा अनेरास्ववियुका पाँच जना घाइते भएका छन् भने अखिल क्रान्तिकारीका दुई जना घाइते भएका छन्। अनेरास्ववियुका विद्यार्थीहरुले क्याम्पस प्रमुखकको कुर्सीमा आगजनी गर्न खोजेपछि सम्झाउन पुगेका क्रान्तिकारी विद्यार्थीबीच झडप भएको क्रान्तिकारीका विद्यार्थी नेता दिपेश पुनले बताए। अनेरास्ववियुले क्याम्पस प्रमुखको कोठामै पुगी तोडफोड गर्नुका साथै क्याम्पस प्रमुखकको कुर्सी जलाएका हुन्। तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। क्याम्पसमा शान्ति सुरक्षा कमजोर र नियमित पढाइ नभएपछि क्याम्पस प्रमुखको राजीनामा माग्नुपरेको अनेरास्ववियुका विद्यार्थी नेता गोपाल नेपालले बताए। उनका अनुसार आज बिहानमात्र क्याम्पस परिसरमै खुकुरी प्रहार भएको थियो। नेपालका अनुसार अहिले क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच वार्ता भइरहेको छ। अमृत साइन्स क्याम्पस प्रमुख राजेश महाजु एमाओवादी निकट हुन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Entity CPN M
Actor 2 - Youth na
Total Injured 7
Youth Injured n/a
Total damaged Buildings 1
National/Online Media

0 Comments