Incident Reports

भारतबाट सात बालकको उद्धार

2015-03-15

Madhes, Parsa, Birgunj

भारतको बैंगलोरमा बालश्रमिकको रुपमा काम गर्दै आएका ६ जना बालमजदुर सहित सात जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ। फर्काइएका बालकलाई अभिभावक कै जिम्मा लगाइएको जिल्ला बाल कल्याण समिति बाराले जनाएको छ। भारतको बैंगलोरमा रहेको शिवाजी, चाँदनीचौक भन्ने ठाउँमा एक ब्याग कारखानामा काममा लगाइएका नेपाली र भारतीय बालकामदारहरुलाई भारतीय प्रहरीले छापामारी गरी उद्धार गरेको थियो। जसमध्ये बाराका ४ र रौतहटका २ गरी १२ देखि १६ बर्ष उमेरका ६ जना नेपाली बालकहरु थिए। अर्का एक जना बालकलाई बिहारको मुज्जफरपुरमा रेल्वे पुलिसले रक्सोलबाट जाने रेलबाट फेला परेर त्यहाँको स्थानीय बालसंरक्षणगृहको जिम्मा दिएको थियो। मुज्जफरपुरमा बाल गृह संचालन गर्ने निर्देश नामक समाजिक संस्थाले जिल्ला बाल कल्याण समिति र हिमराइट्स बारालाई जानकारी गराएपछि उद्धारको कार्य थालिएको थियो। भारत बिहारको मुज्जफरपुर, सिकन्दरपुरस्थित सरकारी बालगृहले शुक्रबार आफूहरुलाई बालकहरु जिम्मा लगाएको अधिकारकर्मी ओमप्रकामश गिरीले बताए। उद्धार गएिरएकामध्ये ३ जनाले पढाई छोडेर काम गर्न गएको र बाकी जना विधालय जादैँ नगएको बुझिएको उनले बताए। जिल्ला प्रहरी कार्यालयसिथत महिला तथा बालबालिका सेवाकेन्द्रमा जिल्ला बालकल्याण समिति सहितका उद्धारकर्ताले शनिबार अभिभावकलाई बच्चा हस्तान्तरण गरेका हुन्। भारतमा उनीहरु १२ देखि १५ घण्टासम्म काममा खटाइने गरिएका थिए। उद्धार गरिएकाहरुमा बारा पिपरपातिका प्रदीप पासवान, कामेश्वर यादव, होरिल कुमार, इनर्वाका रामपुकार पटेल, पिलुवाका रोशन बुढाथोकी र रौतहट भगवानपुरका मो. जहरुल र मो अन्जारुल रहेको उद्धार टोलीका सदस्य जिल्ला प्रहरी कार्यालय बाराका प्रसनि खगेन्द्र प्रसाद महताले बताए।
National/Online Media

0 Comments