Incident Reports

अज्ञात समूहको कुटपिटबाट पत्रकार घाइते

2015-04-04

Lumbini, Dang, Tulsipur

फूलवारी गाविस –४ रनियापुर २९ वर्षीय रेडियो देउखुरीमा सम्वाददाता नरेश केसी अज्ञात व्यक्तिको कुटाइबाट घाइते भएका छन् । चैत्र २१ गते घोराही–लमही सडक खण्डमा अज्ञात व्यक्तिले गाडी रोकी हुलदङ्गा गरिरहेको समयमा घोराहीबाट लमही फर्कँदै गरेका सञ्चारकर्मी केसीले घटनाबारे जानकारी लिन खोज्दा उनी माथि कुटपिट भएको रेडियोका स्टेसन म्यानेजर गोविन्द रेग्मीले बताए । आफुलाई तरुणदल नेता बताउने दुईजना युवाले केसीलाई कुटपिट गरेको पीडितले बताए । कुटपिटबाट केसीको टाउको र निधारमा चोट लागेको छ । पीडित पत्रकारको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको भएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पत्रकारमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनाप्रति निन्दा गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखाले खेद प्रकट गरेको छ । इन्सेक, दाङ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
Totally damaged Vehicles 1
INSEC

0 Comments