Incident Reports

यौनदुर्व्यवहार गर्ने शिक्षक थुनामा

2015-04-05

Pratap Bishta दश वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश बासुदेव पौडेलको ०७१ चैत २२ गते वसेको इजलाशले बारा कलैया घर भइ मकवानपुरको थाहा नगरपालिका– ७ स्थित सेतीगणेश निमाविका ४५ वर्षीय शिक्षक दिनेश सुवेदीलाई बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । शिक्षक सुवेदीले बालिकालाई यौनदुव्र्यवहार गरेको आरोपमा प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको थियो । शिक्षक सुवेदीले बालिकालाई फागुन २६ गते यौनदुव्र्यवहार गरेका थिए । प्रताप विष्ट

0 Comments