Incident Reports

कास्कीमा सात जना बन्दकर्ता पक्राउ

2015-04-07

Gandaki, Kaski, Pokhara Lekhnath

३० दलीय मोर्चाले आह्वान गरको बन्दको क्रममा मंगलबार पोखराबाट ७ जना पक्राउ परेका छन् । प्रहरीले स्कटीङ गरेर ल्याएको सवारीलाई पोखराको चाइना पुलमा ढुङा प्रहार गरेको भन्दै प्रहरीले उनिहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा सन्तोÈ सुनाम, बमबहादुर कार्की, अशोकजंग प्रसाई, सुधाम राई लगायत रहेको एकीकृत माओवादीका युवा नेता सुमन देवकोटाले जानकारी दिनुभयो । उनीहरुले बन्दको बेला चलाएको भन्दै पोखराको चाइनापुलमा ना ४ ख ८६८८, ना ३ ख २२९८ नम्बरको गाडी र ना ४ ख २१९० नम्बरको ट्रकमा तोडफोड गरेका छन् । यस्तै लेखनाथ नगरपालिकाको सैनिकबस्तीमा ना ४ ख ७६८८ नम्बरको गाडी र ना ४ ख ३३१ नम्बरको ट्रक पनि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बन्दले पोखराको जनजीवन प्रभावित भएको छ । पोखराबाट छोटो तथा लामो दुरीमा छुट्ने कुनैपनि गाडी साधन चलेका छैनन् भने बजार, पसल, उद्योगधन्दा, शैÔिक संस्था पनि बन्द छन् । बन्दकर्ताहरु चोकचोकमा झन्डासहित खटिएका छन् भने उनिहरुसँगै प्रहरी पनि तैनाथ गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arrest (politically significant)
Weapons Blunt weapon
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments