Incident Reports

४६ पक्राउ, ११ सवारी साधनमा क्षति

2015-04-07

Bagmati, Kathmandu, Kathmandu

३० दलीय मोर्चाले आह्वान गरेको आमहड्तालको पहिलो दिन जर्वजस्ती यातायत बन्द गराउन खोजेका ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसमध्ये उपत्यका भित्रैबाट २१ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कमलसिंह बमले बताएका छन । प्रहरीका अनुसार ११ वटा सवारी साधनमा बन्दकर्ताले क्षति पुर्याएका छन् । काठमाडौंको बिजुली बजारमा प्रदर्शनकारीले पछिल्लो समय थप एउटा मोटरसाईकलमा आगजनी गरेको छ । बा.३२.प ५५६६ नम्बरको मोटरसाईकलमा आगजनी गरिएको जनाइएको छ । यसअघि बिहानै एउटा ट्याक्सीमा आगजनी गरिएको थियो । प्रहरी र प्रदर्शनकारीबीच अपरान्ह बिजली बजार क्षेत्रमा झडप पनि भएको थियो । त्यहाँ प्रहरीले लाठी चार्जसँगै अश्रृ ग्यास प्रहार गरेको थियो । बिजुलीबजारमा रहेका ईकान्तिपुरकर्मी निमेषजंग राईका अनुसार पछिल्लो समय त्यहाँको स्थिति समान्य रहेको छ । सडक ढाकेर बसेका बन्दकर्ताहरु गित र नृत्य गरेर रमाईरहेका छन् । ठूलोसंख्यामा सुरक्षाकर्मी परिचालित छ । डिआईजी बमका अनुसार सुर्खेतमापनि एउटा मोटरसाईकलमा आगजनी गरिएको छ । त्यस बाहेक मुलुकभर गरी ८ वटा सवारी साधनमा तोडफोड गरिएको उनले जनाए । बिजुलीबजार बाहेक अन्यत्र कतै झडप नभएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
National/Online Media

0 Comments