Incident Reports

बन्दकर्ता र प्रहरीबीच झडप, एक सञ्चारकर्मीसहित पाँच घाइते

2015-04-07

३० दलीय मोर्चाले आयोजना गरेको बन्दका क्रममा ०७१ चैत २५ गते अपरान्ह फिदिम बजारको गणतन्त्र चोकमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा एक सञ्चारकर्मी र एक प्रहरीसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा इन्सेक पाँचथर जिल्लाका पूर्व प्रतिनिधि तथा पुलेसो अनलाइनका संवाददाता कृष्ण ओझा, सशस्त्र प्रहरी बल हिमशिखर गुल्मका हवल्दार ओम पराजुली र अन्य तीन आन्दोलनकारी रहेका छन् । आन्दोलनकारीतर्फसंघीय लिम्बुवान पार्टी नेपालका बृजहाङ आङदेम्बे र दिपक खनाल तथा संघीय समाजवादी पार्टी नेपालका जिल्ला सचिव बुद्ध राज लिम्बू रहेका छन् । लिम्बूको स्थानीय पाथिभरा हस्पिटलमा र अन्यको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । झडपका क्रममा आन्दोनकारी मोर्चाका कार्यकर्ताहरूले बा. ९ प. ६६६ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आङदेम्बे र खनालसहित सात जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुने अन्यमा लिम्बुवानका भगिराज राई र गगन लावती रहेका छन् । यसैगरी, संघीय समाजवादीका विष्णु राई एवं एनेकपा माओवादीका भीम नेम्बाङ र सूर्य नेम्बाङलाई समेत प्रहरीले गिरफ्तार गरेको छ । घटना लगत्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले एक विज्ञप्ति जारी गर्दै पत्रकार माथि भएको कुटपिट प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । "मोर्चाको कोणसभा हुन लागेको बेला पत्रकार ओझाले समाचार संकलन र फोटो खिचिरहेको अवस्थामा सञ्चारकर्मी माथि अन्धाधुन्ध लाठी चार्जको भर्त्सना र निन्दा गर्दछौं"- अध्यक्ष लवदेव ढुङ्गानाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-"पत्रकारलाई निर्वाध र स्वतन्त्र रुपमा समाचार संकलन र रिर्पोटिङ गर्ने वातावरण तयार गर्न सम्बन्धित पक्ष र सुरक्षाकर्मीलाई आग्रह गर्दछौ ।" यसैगरी, ३० दलीय मोर्चाले समेत एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको भन्दै भर्त्सना गरेको छ । मोर्चाको तर्फबाट संयोजक सुरेन्द्र प्रकाश जवेगुद्धारा हस्ताक्षरित विज्ञप्तिमा गिरफ्तार गरिएका कार्यकर्ताहरूलाई तुरुन्त रिहाईको माग गरिएको छ । आन्दोलनकारीहरू तोडफोडमा उत्रिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक पोखरेलले बताए । मंगल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 5
INSEC

0 Comments