Incident Reports

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

2015-04-13

Madhes, Parsa, Birgunj

वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ। हिजो साँझ ७:३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेको भारत मुजफ्फरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको हो। गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा टाइगर प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा घटनास्थल नजिकैबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए। उसले के कारणले व्यापारी अग्रवालमाथि गोली प्रहार गरेको हो भन्ने कुरा अनुसन्धान भइरहेको उनले बताए। सिंहको साथबाट एकथान पेस्तोल, तथा १० राउन्ड गोली बरामद भएको छ। सिंहले ठाउँठाउँमा छाडेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms , Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports