Incident Reports

अपाङ्गता भएका व्यक्तिद्वारा जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी, प्रहरीद्वारा बल प्रयोग

2015-04-15

Karnali, Jumla, Chandannath

अपाङ्गता भएका व्यक्तिहरूको शिक्षासम्बन्धी माग सुनुवाइ नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले जिल्ला शिक्षा कार्यालय, जुम्लामा वैशाख २ गते तालाबन्दी गरेका छन् । तालाबन्दीपछि करिव ११ बजे प्रहरी निरीक्षक प्रेमबहादुर खड्काको कमाण्डमा गएको टोलीले बल प्रयोग गरेर ताला खोलेको छ । जुम्लामा सञ्चालन भएका विशेष कक्षाहरूको व्यवस्थापन, लेखाजोखा संयोजकमा सबलाङ्ग व्यक्तिको नियुक्ति लगायत विविध मागहरूको बारेमा जिल्ला शिक्षा कार्यालयमा औपचारिक र अनौपचारिक रुपमा आवाज उठाउँदा गत चैत्त १५ गते विद्यालय निरीक्षक तुलाराज चौलागाईको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिए पनि कुनै काम नभएको र अपाङ्गता भएका व्यक्तिहरूको आवाज सुनुवाई नभएपछि तालाबन्दी गरिएको हो । जिल्ला शिक्षा कार्यालयमा प्रहरीले बल प्रयोग गरेर ताला खोल्ने क्रममा अपाङ्गता भएका व्यक्ति र प्रहरी दुवै पक्षलाई चोटपटक लागेको छ भने अपाङ्गता भएका व्यक्तिहरूका लठ्ठी, चस्मा, ह्विलचेयर समेत टुटफुट भएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका माग राज्यका निकायहरूले सुनुवाई नगर्ने, प्रहरी बल प्रयोग गरेर दवाउन खोजेको भन्दै यसको क्षतिपूर्ति राज्यले नै व्यवस्था गर्नु पर्ने बताए । प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले आन्दोलनकारी पक्षहरूसँग ताला खोलेर अरु कामकाज हुँदै गर्ने र बार्ता तथा छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर बल प्रयोग गरेर ताला खोलिएको बताए। आन्दोलनकारी र प्रहरी बीचको निकै वेरको तनावपछि राष्ट्रिय मानवअधिकार आयोग, महिला तथा बालबालिका कार्यालय, पत्रकार महासंघ, इन्सेक, प्रहरी प्रशासन लगायको पहलमा पुनः पहिलो पाँच सदस्यीय छानविन समिति विघटन गरी निमित्त जिल्ला शिक्षा अधिकारी गोकर्णनाथ योगीको संयोजकत्वमा छ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको छ । समितिले वैशाख ३ गतेदेखि काम सुरु गरेर प्रतिवेदन जिल्ला शिक्षा कार्यालय जुम्लालाई बुझाएर कारवाही प्रक्रिया अगाडि बढाउने सहमतिमा आन्दोलनलाई स्थगन गरिएको हो ।

मानदत्त रावल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 25
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC

0 Comments