Incident Reports

मानव वेचविखनका आरोपितलाई नौ वर्ष कैदको फैसला

2015-04-20

Gandaki, Lamjung, Besishahar

 २१ वर्षीया एक महिलालाई विवाह गर्छु भन्दै भारतको सिक्किम लगेर बिक्री गरेको आरोपमा थुनामा रहेका सुलुबुङ गाविस– १ का २८ वर्षीय वीरेन्द्र देउसालीलाई पुनरावेदन अदालत इलामले नौ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । पुनरावेदनका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र प्रमोदकुमार वैद्यको संयुक्त इजलासले वैशाख ७ गते मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण ऐन अनुसार विरेन्द्र विरुद्ध उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए । यसैगरी, बलात्कारको आरोपमा जिल्ला अदातलबाट ६ वर्ष कैद फैसला सुनाइएका इलाम सुलुबुङ–७ का २५ वर्षीय कृष्णबल देउसाली राईलाई पुनरावेदन अदालत इलामले पनि ६ वर्षकै कैद फैसला सुनाएको छ । पुनरावेदन अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोख्रेल र प्रमोदकुमार वैद्यको संयुक्त इजलाशले वैशाख ७ गते फैंसला गर्दै देउसालीलाई ६ वर्ष कैद र पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको पुनरावेदन अदालतका श्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । यसअघि जिल्ला अदालत इलामले कात्तिक २१ गते देउसालीलाई छ वर्ष कैद सजाय सुनाएको थियो । १८ वर्षीया एक महिलालाई ०७१ भदौ २२ गते बिहान धारामा पानी लिन गएको मौका छोपी बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । कोकिला ढकाल

0 Comments