Incident Reports

फादर ग्याफ्नेको हत्या आरोपी १८ बर्षपछि पक्राउ

2015-04-21

Bagmati, Lalitpur, Konjyosom

जेन्ट जेभियर्स स्कुलका संस्थापक फादर ग्याफ्नेको हत्या भएको १८ बर्षपछि अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हिजो काकडभिट्टाबाट पक्राउ गरेको हत्या आरोपी गोपाल खड्कालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । २०५४ मंसिर २८ गते राति ग्याफ्नेको हत्या भएको थियो । भारतबाट नेपाल आउने क्रममा हिजो खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्का ग्याफ्नोको घरमा काम गर्थे । अन्य व्यक्तिहरुको वयान र हत्या भएलगत्तै खड्का फरार रहेको आधारमा प्रहरीले दोखला फस्कु ८ का ४३ वर्षीय खड्कालाई अरोपी मानेको हो । खड्काले ग्याफ्नेको हत्या गरी उनको साथमा रहेको २२ हजार रकम लिएर भोलिपल्ट भारत भागेको बयान प्रहरी समक्ष दिएका छन् । उनले आफूलाई घरेलु काम लगाएबापत पैसा दिन्छु भनेपनि नदिएकाले हत्या गरेको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports