Incident Reports

बालक हत्याको आरोपमा एक गिरफ्तार

2015-04-17

Province 1, Ilam, Deumai

इलामको चमैता गाविस - ६ का दश वर्षीय बालक विशाल राईको हत्यामा संलग्न रहेको आरोपमा चमैता गाविस- ६ का २० वर्षीय देशकुमार राईलाई प्रहरीले गिरफ्तार गरेको छ । गत वैशाख ४ गते बेलुका मृत भेटिएका विशालको हत्या गरेको आरोपमा मृतक बालकका आफन्तले वैशाख ५ गते आरोपितविरुद्ध किटानी जाहेरी दिएका थिए । देशकुमारको खोजी गर्ने क्रममा इलामको पशुपतिनगरस्थित नेपाल-भारत सीमाना लुकीछिपी भाग्दै गरेको अवस्थामा वैशाख ७ गते राती उनलाई गिरफ्तार गरिएको इन्स्पेक्टर्र इश्वर थापाले बताए । वैशाख ३ गते दिउँसो घरबाट हराएका राईलाई खोजीगर्दै जाँदा घरबाट पाँच सय मिटर टाढा रहेको जङ्गलमा मृत अवस्थामा भेटाइएको थियो । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments