Incident Reports

भारतमा बेचिएकी बालिकाको उद्धार

2015-04-22

Lumbini, Arghakhanchi, Banganga

अर्घाखाँची झण्डै पाँच महिनाअघि भारतमा बेचिएकी एक किशोरीको उद्धार गरिएको छ । अर्घाखाँचीको धारापानी–६ की १४ वर्षीया किशोरीलाई कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृहले भारतबाट उद्धार गरेर अर्घाखाँची ल्याएको हो । गत २०७१ मंसिर ८ गते गाँउकै ठूलो दिदी पर्नेले मासिक १२ हजार रुपैयाँको जागिर लगाइदिने भन्दै ललाइफकाइ ठाडा–५ का सुनिल नेपाली र उनकी श्रीमती अस्मीता नेपालीसँग भारत पठाएकी थिइन् । सुनिलले किशोरीलाई आफ्नो बहिनी भएको बहाना बनाएर नेपालगन्जबाट भारतको हिमाञ्चल प्रदेश लगेर बेचेका थिए । किशोरीले आफूलाई घरेलु कामदारका रुपमा काम लगाइएको र सुनिलले पनि पटकपटक यौन दुर्व्यवहारको प्रयास गरेको बताइन् । किशोरीलाई भारतको हिमाञ्चल प्रदेशको किन्नुर जिल्लाबाट उद्धार गरिएको हो । यसैबीच, पीडित किशोरीका बुबाले आफ्नी छोरी बेच्नेविरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिने र जाहेरीका आधारमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ । रासस

0 Comments