Incident Reports

पत्रकारलाई मार्ने धम्की

2015-04-21

Madhes, Mahottari, Jaleswor

६ मेगाहर्जका समाचार संयोजक महेशकुमार दासलाई तराई मधेस लोकतान्त्रिक पार्टीका नेता शंकर मिश्र (शाही) ले वैशाख ८ गते साझ दुव्र्यवहार गर्नुको साथै मार्ने धम्की दिएकी छन् । जलेश्वरस्थित रेडियो मिर्चीबाट महोत्तरीमा सुपारी तस्करी भइरहेको र सो तस्करीमा तमलोपा नेता मिश्रको समेत संलग्नता रहेको समाचार प्रशारण भएपछि पत्रकार दासलाई नेता मिश्रले दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । वैशाख ८ गते मङ्गलबार साझ ७ः३० वजेको समयमा समाचार सकाएर रेडियोबाट निस्किँदै गरेको समयमा नेता मिश्र मादक पदार्थ सेवन गरेर आफ्ना एक जना सहयोगीको साथमा आएका उनले रेडियोको कार्यकक्षमै प्रवेश गरेर जबरजस्ती समाचार आफ्नो पक्षमा प्रशारण गर्न दवाव दिएपछि सञ्चारकर्मी दासले बिहानको समाचारमा उनको कुरा पनि समावेश गर्ने भनि रहँदासमेत नेता मिश्रले तथा नाम गालि गर्दै गोलि हानेर ज्यान मार्ने सम्मको धम्की दिएका थिए । नेता मिश्रले रेडियोको कार्य कक्षमा हो–हल्लासमेत गरेपछि केही बेर रेडियोको सम्पूर्ण प्रसारण रोकिएको थियो। 
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
INSEC

0 Comments