Incident Reports

श्रीमान मृत्यु प्रकरणमा श्रीमतीसहित तीन पक्राउ

2015-05-19

Bagmati, Chitawan, Bharatpur

चितवनमा भोजाडका एक पुरुषको मृत्यु प्रकरणमा उनकी श्रीमतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–११ भोजाडका ओमप्रकाश रेग्मीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले श्रीमती इन्द्रा रेग्मीसहित विजय रेग्मी र डेरा गरी बस्दै आएका महेन्द्रनगरका गोकर्णदेव भट्टलाई पक्राउ गरिएको चितवनका प्रहरी निरीक्षक टेकबहादुर कार्कीले आज जानकारी दिए । उनीहरुलाई किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए । स्थानीयले उनीहरुको संलग्नतामा ओमप्रकाशको हत्या गरेको आरोप लगाएका छन् । स्थानीयले मृतक रेग्मीकी श्रीमती इन्द्रा रेग्मी र भट्टबीच अनैतिक सम्बन्ध रहेको आरोपसमेत लगाएका छन् । सो घटना श्रीमान्ले थाहा पाएपछि हत्या गरेको दाबी गरिएको भए पनि प्रहरीले भने अनुसन्धानपछि मात्रै यकिन हुने जनाएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका ओमप्रकाश रेग्मी भर्खरै घर आएका थिए । उनलाई जेठ १ गते मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports