Incident Reports

काठमाडौंका ठेकेदारमाथि सिरहामा गोली प्रहार

2015-05-28

Madhes, Siraha, Kalyanpur

RSS गोलबजार (सिरहा)-सिरहाको डुमरी गाविस–३ स्थित नहरमा बुधबार राति करिब ११ बजे सडक निर्माण गर्ने ठेकेदारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। गोली प्रहारबाट काठमाडौंका सञ्जय पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार पौडेलको पेटमा छड्के किसिमले गोली लागेकाले बाँच्न सफल भएको र हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ। कमला नदीको बाटो ग्राभेल तथा नगर सरसफाइको ठेक्का लिएका पौडेल डुमरीमै बसेर काम गराउँदै आएका थिए। गोली प्रहार कसले र किन गरेको विषयमा केही खुलेका छैन। घटनाबारे विशेष अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports