Incident Reports

७० हजार बालबालिका कुपोषणको जोखिममा युनिसेफ

2015-06-01

Bagmati, Kathmandu, Kathmandu

 वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पाँचवर्षमुनिका ७० हजार बालबालिकामा कुपोषण हुने जोखिम रहेको युनिसेफले जनाएको छ । युनिसेफले जोखिममा रहेका ती बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको बताएको छ । उसले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका करिब १५ हजार बालबालिकालाई बदामको पेस्टसहितका गम्भीर कुपोषणको उपचारका लागि तयारी उपचारात्मक खाना आवश्यकता रहेको जनाएको छ । त्यसैगरी ५५ हजार मध्यम कुपोषण भएका बालबालिकाको स्वास्थ्य बृद्धि विकासका लागि थप पोषिलो खाना र हेरविचारको आवश्यकता रहेको युनिसेफको ठहर छ । युनिसेफको अनुसार भूकम्पबाट प्रभावित जिल्लाहरूमा करिव १७ लाख भन्दा बढी बालबालिकाहरूलाई मानवीय सहयोगको आवश्यकता रहेको छ भने उनीहरूमा दीर्घकालीन शारीरिक तथा मानसिक समस्याको जोखिम रहेको छ । बालबालिकाहरूमा शहर र गाँउका भग्वानेश तथा फोहरमैलाबाट निस्किएका धुलोको कारण श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण देखा परेको युनिसेफले जनाएको छ । विवेक ढुङ्गाना

0 Comments