Incident Reports

फोटो पत्रकार दुलाललार्इ ज्यानमार्ने धम्की

2015-06-03

Bagmati, Lalitpur, Godawari, Ward 1

विद्यालय भवनमा जिल्ला शिक्षा कार्यालय लगाएको रातो स्टिकरको तस्बीर छापेको भन्दै फोटो पत्रकार अशोक दुलाललाई एक विद्यालयका प्रिन्सिपलले ज्यान मार्ने धम्की दिएका छन् । ललितपुरको चापागाउँ वज्रवाराहीस्थित बज्रवाराही उच्चमाविका प्रिन्सिपल रामेश्वर मर्हजनसहितको शिक्षक टोलीले फोटो पत्रकार दुलाललाई ज्यानमार्ने र अपहरण गर्ने धक्की दिएका हुन् । जिल्ला शिक्षा कार्यालय ललितपुरले नै असुरक्षित विद्यालय भवन भनी रातो स्टिकर टाँसिएको विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुको तस्वीर दुलालले खिचेका थिए । आफ्नो विद्यालय सुरक्षित रहेकोले गलत प्रचार गरेको भनी विद्यालयका प्रिन्सिपलले नै आफूलाई ज्यान मार्ने धम्की दिएको दुलालले अनलाइनखबरलाई बताए । फोटोका विषयमा वुधवार बिहान कुराकानी गर्न बोलाएर विद्यालय परिसरभित्र डेढ घण्टाभन्दा वढी बन्धक वनाएर बिद्यालयका शिक्षक र वाहिरका मान्छेसमेत बोलाइ विद्यालयको धम्की दिएको पत्रकार दुलालले बताए । कुराकानी गर्न भन्दै बोलाएर विद्यालय परिसरमै बन्धक बनाएर धम्की र गालीगलौजमा उत्रिएका शिक्षकहरुले विद्यालय भवन सुरक्षित भएको भन्दै अर्को तस्विर नछापे जे पनि गर्न सक्ने धम्की दिएको दुलालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments