Incident Reports

शिक्षक-शिक्षक हात हालाहाल

2015-06-16

Bagmati, Lalitpur, Mahalaxmi

किताबमा लेखिएको विषयलाई लिएर ललितपुरको एक विद्यालयका शिक्षकले आफ्नै सहकर्मीलाई हातपात गरेका छन्। महेन्द्र आदर्श उच्च मावि इमाडोलका शिक्षक बखतबहादुर कठेतले लेखेको ‘मात्तिएको लोकतन्त्र' भन्ने पुस्तकमा आफ्नो नाम राखेको भन्दै विद्यालयका चार शिक्षकले कठेतलाई कुटपिट गरेका हुन्। कुटपिटका कारण कठेत घाइते भएका छन्। घाइते कठेतको किस्ट मेडिकल कलेजमा उपचार गरिएको छ। कठेतले नारी उत्थानका लागि लेखिएको पुस्तकका विषयलाई लिएर विद्यालयका शिक्षक पेमु बस्नेत, प्रमिला बानिया, सुनिता बिस्ट र महेश बस्नेतले हातपात गरेको बताए। उनका अनुसार पुस्तकमा शिक्षकहरुले बताएका कुरा नै उल्लेख गरेर नाम समावेश गरिएको छ। उनले विद्यालयका प्रधानाध्यापकले नियोजित रुपमा नै आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाए। नारीवादी किताब भनेर लेखिएको किताबमा कठेतले सामान्य कुरालाई बढाइचढाइ गरेको आरोप हातपात गर्ने शिक्षकहरुले लगाएका छन्। विद्यालयका प्रधानाध्यापक एकबहादुर भण्डारीले किताबका विषयमा छलफल भइरहेका समयमा कठेतले नै महिला शिक्षकलाई धकेलेपछि स्थिति तनावपूर्ण बनेको बताए। ‘कठेतले पुस्तकमा केही कुरा बढाईचढाई लेखेकाले महिला शिक्षक रिसाएका थिए,' उनले भने, ‘त्यही विषयमा छलफल चलिरहेका समयमा कठेतले एक जना शिक्षकलाई धकेलेपछि केही समस्या सृजना भएको हो।' उनले यो विषयमा विद्यालयले थप अनुसन्धान गरिरहेको बताए। शिक्षक कुटपिटका विषयमा ललितपुर सातदोबाटो प्रहरीले समेत अनुसन्धान गरिरहेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports