Incident Reports

अस्पतालको लापरवाही थामथुम पार्न पीडितलाई ८ लाख

2015-06-24

Lumbini, Banke, Nepalgunj

पाठेघरको शल्यक्रियापछि महिलाको मृत्यु भएको घटना 'थामथुम पार्न' नेपालगन्जस्थित वेष्टर्न अस्पतालले पीडित परिवारलाई ८ लाख रुपैयाँ दिएको छ। बर्दिया, कालिका–८ तिलकाना निवासी ५० वर्षीया सरस्वती वलीको मृत्यु भएपछि अस्पतालले गल्ती स्वीकार गर्दै बुधबार पीडित परिवारलाई नगद रुपैयाँ थमाएको हो। घटनालाई बाहिर नल्याउने शर्तमा अस्पतालले गोप्य रुपमा क्षतिपुर्ति दिएको आफन्तले नागरिकन्यूजलाई जानकारी दिए। 'शल्यक्रियामै त्रुटी भएको पत्ता लागेपछि हामीले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने हाम्रो माग थियो, तर डाक्टरले घरमै बोलाएर ८ लाख रुपैयाँ दिन तयार भइन्। हामीपनि घटनालाई अगाडी नबढाउने निष्कर्षमा पुग्यौ,' आफन्तले भने। पाठेघर दुख्ने समस्या बल्झेपछि सरस्वती सामान्य चेकजाँचका लागि असार १ गते बुहारी निर्मलासँग बस चढेर नेपालगन्ज आएकी थिइन्। भेरी अंचल अस्पतालमा कार्यरत डाक्टर कल्पनाले सरस्वतीलाई आफ्नो लगानी रहेको वेष्टर्न अस्पतालमा भेट्न समय दिइन्। 'पाठेघर चेकजाँच गर्ने वित्तिकै डाक्टरले तुरुन्त शल्यक्रिया गर्नुपर्ने नत्र खतरा हुने डर देखाएपछि आमाले एक/दुई हप्तासम्म बिचार गरिदिन अनुरोध गर्नुभएको थियो, तर डाक्टरको जिद्दिले सोही दिन अप्रेशन भयो,' मृतकका छोरा धनबहादुर वलीले भने। अढाई घण्टाको शल्यक्रिया पश्चात बाहिर आइसकेपछि बेलुका साढे ७ बजेतिर सरस्वतीलाई अप्ठ्यारो महसुस भयो। पिसाव रोकिने अर्को समस्या बल्भि्कयो। भोलीपल्ट बिहानसम्म पनि पिसाव नखुलेपछि अस्पतालले विभिन्न बहाना लगाउँदै बिरामीलाई बाहिर लैजान सुझाव दियो। परिवारले तत्कालै शिक्षण अस्पताल नेपालगन्जमा पुर्याए। 'त्यहाँ डाक्टरलाई देखाउँदा अप्रेशनकै क्रममा मृगौलामा असर परेको संकेत गरेपछि हामीलाई डर लाग्यो,' धनबहादुरले भने 'आमालाई जसरी भएपनि बचाउन शिक्षण अस्पताल कोहलपुरमा पनि पुर्यायौं, तर त्यहाँपनि लखनउ वा काठमाडौं लैजान सुझाव दिएपछि लखनउ लग्यौं, दुभागर््य बचाउन सकिएन।' आफन्तका अनुसार वेष्टर्न अस्पतालले आफ्नै एम्बुलेन्समा बोकेर एक जना कर्मचारीसहित सरस्वतीलाई लखनउ पुर्याइदिएको थियो। करिव ६ दिनको उपचारपछि मंगलबार राती लखनउस्थित शेखर अस्पतालमा उनको मृत्यु भयो। परिवारले न आफन्तलाई त गुमाए, उपचारमा ठुलो धनराशी पनि खर्च गरे। सरस्वतीको मृत्युपछि बुधबार बिहान शव लिएर परिवार र आफन्तहरु सिधै वेष्टर्न अस्पताल पुगेका थिए। अस्पतालसँगको सहमतिपछि परिवारले बुधबार नै मृतकको दाहसंस्कार गरेका छन्। घटनाको विषयमा प्रतिक्रिया लिदाँ डाक्टर कल्पनाले सुरुमा पीडित परिवारलाई ८ लाख रुपैयाँ बुझाएको अस्वीकार गरेपनि अन्ततः 'परिवन्धमा परेर' त्यति धेरै रुपैयाँ बुझाउनु परेको बताइन्। 'पाठेघरबाट रगत बग्ने समस्या भएपछि मैले नै अप्रेशन गरेकी थिए,' उनले भनिन् 'डायलिसिस गर्नुपर्ने अवस्था आएपछि मेरो सल्लाह अनुसार लखनउ लगिएको हो।' तीन महिना अघि नै सरस्वतीको स्वास्थ्य जाँच गरेर औषधि खान सल्लाह दिएको बताउँदै समयमा अस्पताल नआएका कारण पाठेघरमा गम्भिर समस्या देखिएको दाबी गरिन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports