Incident Reports

डोजर चालकलाई गुण्डाले भीरबाट खसाले

2015-06-28

Gandaki, Kaski, Pokhara Lekhnath

गुण्डाहरुको समूहले सडक खन्न गएका एक डोजर चालकलाई कास्कीको भरतपोखरीस्थित सिप्लेरीतराबाट खसालेर हत्या गरेका छन् । रुपन्देहीको मोतिपुर घर भएका २२ वर्षीय सुरज चौधरीलाई लेखनाथका गुण्डाहरुको समुहले कुटपिट गर्दै भीरबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख उपरीक्षक हरिबहादुर पालले यसअघि पनि हातहतियार मुद्दामा सजाय भोगी छुटेका दीपक मल्लसहितको गुण्डाको समूहले चौधरीलाई भीरबाट खसालेको बताए । ‘हत्यापछि फरार मल्लसहित तीनजनाको खोजी भइरहेको छ,’ पालले भने ‘उनीहरुलाई चाँडै पक्राउ गर्नेछौं ।’ भीरबाट खसालिएपछि गम्भीर घाइते चौधरीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । डोजरले सडक खनिरहेका चौधरीलाई ‘किन बाटो खनिस’ भन्दै गुण्डाहरुको समुहले आइतबार कुटपिट गरी भीरबाट खसालेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । चौधरीको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । लेखनाथ र आसपासमा बाटो, भवन बनाउने र जग्गा प्लटिङ गर्ने व्यावसायीहरुसँग गुण्डाको समूहले रकम माग गर्दै धम्की दिने तथा कुटपिट गर्ने गरेका छन् । विभिन्न समुहमा रहेका गुण्डालाई निर्माण व्यावसायी र व्यापारीहरुले प्रयोग गर्दै आएका प्रहरीले जनाएको छ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports