Incident Reports

श्रीमतीलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार पक्राउ

2015-06-29

Lumbini, Bardiya, Gulariya, Ward 2

की श्रीमती पवित्राले आफूलाई ज्यानै मार्ने उद्देश्यले जंगलमा लगेर कुटपिट गरेको र आफ्नो गुहार सुनेर स्थानीयले आफूलाई बचाएको उनले बताएकी छन्। पवित्राका अनुसार घरदेखि करिब ३ किलोमिटर सदरमुकाम गुलरिया नजिकै रहेको सन्तोषी सामुदायिक वन भित्र फकाई फुल्याई लगेर ज्यानै लिने मनसायले कुटपिट गरेको उनले बताइन्। तलाई नमारी छोडदिन भन्दै कुटपिट गरेकोसमेत पीडित पवित्राले बताईन्। जिल्ला प्रहरी कार्यालय बर्दियाले हवल्दार खत्रीलाई सोमवार नै पक्राउ गरेको छ भने शरीर र अनुहारमा गम्भीर चोट लागेकी पवित्राको जिल्ला अस्पताल बर्दियामा उपचार भईरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपककुमार बस्नेतका अनुसार कुटपीटमा संलग्न शशस्त्र प्रहरी हवल्दार शान्त बहादुर खत्रीलाई सोमवारै नियन्त्रणमा लिइएको र सोमबार पीडित पवित्राले जाहेरी दरखास्त दिन ढिला आएका कारण जाहेरी दर्ता हुन नसकेकोले बुधबार जाहेरी दरखास्त दर्ता गरी कानुन अनुसार कारवाही अगाडि बढाउने बताएका छन्। महिला अधिकारकर्मी विमला विकका अनुसार घरदेखि जंगलमा लगी ज्यान मार्ने उद्देश्यले कुटपीट गरेको र महिलाको हारगुहार सुनी स्थानीयले पिडित महिलाको उद्धार गरेको बताईन्। उनी थप्छिन्, ‘कुटपिट गर्नेलाई कानुन अनुसार कडा कारवाही हुनुपर्‍यो।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports