Incident Reports

भाञ्जा बेच्ने मामा गिरफ्तार

2015-07-05

Madhes, Saptari, Tilathi Koiladi

मधेपुरा १ का चलितर साहलाई प्रहरीले गिरफ्तार गरी असार २० गते मानव बेचविखन अपराधअर्न्तर्गत मुद्दा दर्ता गरेको छ । भारत पञ्जाबको जालन्धरमा लगी २४ वर्ष अगाडि ११ वर्षीय सूर्यनारायणलाई बिक्री गरेको आरोपमा गिरफ्तार भएका आरोपितविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी नारायणप्रसाद चिमरियाले बताए । घरको आर्थिक अवस्था कमजोर भएकाले ६४ वर्षीया सोमादेवी साहले तीन छोरामध्ये जेठा छोरा सूर्यनारायणलाई चलितर साहसँगै रोजगारीका लागि ०४८ कात्तिक २ गते भारत पठाएको बताइन् । चलितर सोमादेवीकी आमा रामदुलारीदेवी साहका दोस्रो पति भुसाइ साहका छोरा हुन् । मामासँग गएको छ महिनामै कामको सिलसिलामा बिरामी परी मृत्यु भएपछि दाहसंस्कार गरी फर्किएको खबरसँगै अस्तु लिएर तिनै मामाले ल्याएपछि परिवारले मरेको ठानी काजक्रिया र श्रार्द्धकर्म समेत गरेका थिए । अत्यन्त कडा सुरक्षाका साथ तीनवटा ढोकाभित्र किला ठोकिएको २० फिट अग्लो पर्खालले घेरिएको कम्पाउण्डमा रहेको फलाम कारखानामा २४ बर्षसम्म बन्धक भई काम गरेका पीडित भागेर ०७२ असार ११ गते घर फर्केपछि यो रहस्य खुलेको हो । सूर्यनारायण, उनका घरपरिवारका सदस्यहरु र गाउँलेहरुको दावी विपरित गिरफ्तार भएका चलितर भने फर्केर आएका भनिएका सूर्यनारायण आफ्नो भान्जा नरहेको दावी गर्छन् । मनोहरकुमार पोखरेल

0 Comments