Incident Reports

सरकारको नीति तथा कार्यक्रमप्रति पत्रकार महासंघकाे अापत्ती

2015-07-09

Bagmati, Kathmandu, Kathmandu, Ward 28

बुधबार सार्वजनिक गरेकाे सरकारकाे नीति तथा कार्यक्रमप्रति नेपाल पत्रकार महासंघले अापत्ति जनाएकाे छ । पत्रकार अाचारसंहिता सरकारले संशाेधन गर्ने विषय नीति तथा कार्यक्रममा राखिएकाेमा अापत्ती जनाएकाे हाे । महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले नीति तथा कार्यक्रममा प्रारम्भिक प्रतिक्रिया दिदै “पत्रकारको आचारसंहिता सरकारले संशोधन गर्ने विषय राखिनु आपत्तीजनक छ । पत्रकारको आचारसंहिता पत्रकारले आफ्नो लागि आफै निर्धारण गर्ने बन्धन हो” भनेका छन् । डा.विष्टले अफ्नाे फेसबुक वालमा लेखेका छन्, “अहिलेको आचारसंहिता नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले संयुक्तरुपमा जारी गरेको र संयुक्तरुपमै पुनरावलोकनको गृहकार्य भैरहेको छ । यसलाई सरकारले लागू गर्ने नीतिका रुपमा समेट्ने कुरा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीमा कल्पना नगरिने कुरा हो । यसमा आपत्ती छ ।” अध्यक्ष विष्टले अनलाइन मिडियालाई व्यवस्थित गर्ने कुरा प्रेस कानुनले हो भन्दै छुट्टै कानुनको कल्पना गरिनु रहस्यमय र शंकास्पद भएकाे बताएका छन् । उनले नेपाल पत्रकार महासंघको पहलमा अघिल्लो बजेट वक्तब्यमा समेटिएको र निरन्तरको प्रयासका बाबजुद सरकारको सम्बन्धित निकायले जालझेल र आलटाल गरेको कारण कार्यान्व्यन हुन नसकेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको बीमा र द्धन्द्धपीडित पत्रकार कल्याण कोषलाई कार्यान्वयन गरिने विषय नीति तथा कार्यक्रममा नसमेटिएकाे बताएका छन् ।

0 Comments