Incident Reports

हिन्दु राष्ट्रको घोषणा गर्न माग गर्दै पोखरामा प्रर्दशन

2015-07-09

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 19

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै बिहिबार पोखरामा प्रर्दशन भएको छ। हिन्दु जागरण नेपाल कास्कीको आयोजनामा पोखराको सभागृहचोकबाट विभिन्न नारा लेखिएका प्लेकार्ड, र नारा बाजीसहित र्‍याली चिप्लेढुङ्गा पुगेको थियो। नेपाललाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन माग गर्दै बैद्धिक सनातन हिन्दु धर्मको रक्षा गर्दै नेपालको मौलिक सस्कृति र परम्पराको संरक्षण गर्न हिन्दु राष्ट्रको माग गरे। र्‍यालीमा नेपाली जनताको चाहाना विपरित अन्तरिम संविधानमा नेपाललाई जबरस्ती धर्म निरपेक्ष राष्ट्र बनाएकोमा कोण सभामा बोल्ने व्यक्तिहरुले आपत्ति जनाए। नयाँ बन्ने सविधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र नभै हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने उनिहरुको माग छ। कोण सभामा हिन्दु जागरण नेपाल कास्कीका अध्यक्ष धनपति शर्माले नेपालको अनादि कालदेखि वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र रहेको नेपाललाई निरपेक्ष बनाएको भन्दै हिन्दु राष्ट्र घोषणा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए। उनले राज्यले हिन्दु राष्ट्र कायम नगरे एक हातमा शास्त्र र आर्को हातमा शस्त्र लिएर आन्दोलन गर्ने चेतावनी दिए। उनले भने –‘र्‍याली सुरुवात मात्रै हो, माग पुरा नभए सुयक्त आन्दोलनमा जान्छै' ‘सयुक्त आन्दोलनमा जादा एक हातमा शास्त्र र अर्को हातमा शस्त्र लिएर जान्छै' उनको भनाई थियो। उनले यूरोपियन यूनियन जस्ता संस्थाबाट संचालित राजनीतिक पार्टीहरुले जनताको मर्म विपरित धर्म निरपेक्ष घोषणा गरेको आरोप लगाए। युरोपियन युनियन लगाएतको काम भनेकै हिन्दुराज्यलाई कसरी सम्माप्त पार्ने र अन्य धर्मको प्रचार कसरी गर्ने भन्ने काममा लागी परेको उनको आरोप थियो। उनले विश्वमा कहि पनि धर्म निरपेक्ष राज्य नभएको दावी गदै अल्पसंख्यक मुस्लिमको माग सम्वोधन गरेर मुस्लिम आयोग गठन गर्न सक्ने सरकार ९४ प्रतिशत हिन्दु भएको राज्य किन हिन्दु राष्ट्र हुन नसक्ने उनको प्रश्न थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments