Incident Reports

लिपुलेक सम्झौता विरुद्ध संघर्षको कार्यक्रम घोषणा

2015-07-11

Bagmati, Kathmandu, Kathmandu, Ward 10

नेकपा–माओवादीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले नेपालका गद्धार नेताहरुको अनुहार देख्दा आफूलाई थुक्क भन्न मन लाग्ने गरेको बताएका छन् । शुक्रवार लिपुलेक सम्झौताको विरुद्ध राजधानीमा निकालिएको र्याली पछिको कोणसभामा बोल्दै विप्लवले भने–‘गद्धार नेताहरुको अनुहार देख्दा रगत उम्लिएर आउँछ ।’ नेपालको भूमिलाई छिमेकी मुलुकहरुले ब्यापारीक नाका बनाउने संझौता गर्दा पनि सरकारी मान्छेले चुपचाप घुँडा टेकेको देख्दा आफु चकित भएको उनले बताए । छिमेकी मुलुकहरुले शक्तिशाली छौं भन्दैमा नेपाललाई हेप्न नमिल्ने उल्लेख गर्दैै नेता विप्लवले भने–‘हामी वीर गोर्खाली भएको कुरा सम्झाउन चाहन्छु ।’ माओवादी सिद्धिए भन्नेहरुलाई चेतावनी दिँदै नेता विप्लवले भने–‘अब शहिद, घाइते सबै एक भएर हामी माओवादीहरु शहरमा आउँदैछौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments